त्रिदेशीय टी-२० शृङ्खला: नेपालले पहिलो खेलमा यूएईसँग खेल्ने

काठमाडाैं | असोज २५, २०८०

त्रिदेशीय टी-२० शृङ्खला: नेपालले पहिलो खेलमा यूएईसँग खेल्ने तस्बिर फाइल

काठमाडौं:    नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधवार शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।


तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ ।


नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ । शृङ्खलाको पहिलो खेल दिउँसो १ बजे र अन्य खेल बिहान ११ बजे शुरु हुने तालिका छ । 

 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्